प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

Ashish Gautam
ashish@nepalijanta.com

विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो ।
प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले दलहरु भित्र आन्तरिक समस्या र प्रदेशसभाको बैठकप्रति रुची कम देखिएका कारण अधिवेशन अन्त्यका लागि सिफारिस गरेको बताए ।

प्रदेश नामाकरणको विषय चालू अधिवेशनबाट टुङ्गो लगाउने विषयमा आन्तरिक छलफल भएपनि अघि नबढेको उनले बताए ।

‘संसदको छलफलमा भाग लिने संख्या पनि कम भयो, हिजो ८ वटा ऐन संशोधन विधेयकमा दुई जनाले बोल्नुभयो,’ उनले भने, ‘दलहरुमा पनि आन्तरिक समस्या छ ।’

यो पनि पढ्नुहोस  स्नातक प्रवेश परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगलाई अनुमति
३२,श्रावण.२०७८,सोमबार १७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: