काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

5.45K
shares
khanepani bord

सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।

निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो।

बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।

khanepani