
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले अझै पनि पार्टी एकताको सम्भावना कायमै रहेको बताएका छन् ।
सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल समूहका सांसदहरु बानेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा सहभागी सांसद खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्न चाहेको, तर आफूहरुले एकताका लागि पहल गरिरहेको बताए ।
एमाले सांसद खतिवडा भन्छन्, ‘२८ फागुन यताका सबै निर्णयहरु आज राति नै फिर्ता लिएर हाम्रा मागहरुमा सकारात्मक भए अर्को बाटो हिँड्नु नपर्ने हुनसक्छ । यथास्थितिमा हो भने हामी आवश्यक प्रक्रिया शुरु गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्