जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न

5.14K
shares
khanepani bord

सप्तरी । जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।

तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्‍वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।

एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर भागा–भाग भएको सरदारको भनाइ छ । बाढी बस्तीमा आएसँगै सर्पको बिगबिगीसमेत बढेको पीडितले बताएका छन् । पानी घरमा छिरेकाले सर्प घरभित्र आउन थालेको स्थानीयवासी श्याम दासले बताए ।

जीता नदीको बाढीले १५० घर डुबानमा परेपछि बाढीपीडित हाल गाउँका उच्च स्थानको खोजी गरी बसेका छन् । बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै मानवीय क्षति भने नभएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बताए । बाँध भत्किएर बाढी बस्तीतर्फ छिरेपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर जानकारी लिएका छन् ।

अध्यक्ष सिंहले बाढी प्रभावितको व्यवस्थापन, राहत, उद्धारको कार्य तत्काल शुरु गरिएको बताए । बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति भएको छ भने अन्य घरमा पनि कटान सुरु भएको पीडितले बताएका छन् । बाढीले एक्कासि धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । बस्ती नै डुबान भएपछि पानीको स्रोत ट्युबवेल तथा इनार डुबेकाले खानेपानीको चरम अभाव भएको पीडितको भनाइ छ ।

khanepani