माधव नेपालले खाेलेकाे नयाँ पार्टीमा गएनन वामदेव

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिएका छन् । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन ।

गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन् ।

नेपाल एकल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन् ।

२,भाद्र.२०७८,बुधबार १७:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्