अध्यादेशको विरोधमा त्रिचन्द्र क्याम्पसबाहिर अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

बिहीबार अनेरास्ववियूका कार्यकर्ताले घण्टाघर अगाडिको सडक अवरुद्ध पारेका छन् । उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश जलाउनुका साथै प्रदर्शनसमेत गरेका छन् । अनेरास्ववियुको प्रदर्शनका कारण एक घण्टादेखि घण्टाघर अगाडिको सडक अवरुद्ध छ ।

सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको थियो । सोही अध्यादेशअनुसार नयाँ पार्टी गठन गर्न एमालेका वरिक्ष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एमालेले भने आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएको छ ।

३,भाद्र.२०७८,बिहीबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्