काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

राजसंस्था पुनर्स्थापनाको माग

5.9K
shares
khanepani bord

वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो ।
‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ ।

रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए ।
शुक्रबारको प्रदर्शनमा एमसीसीको समेत विरोध गरिएको थियो । प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले गणतन्त्रको विरोध गर्दै राज संस्थाको समर्थनमा नाराबाजी समेत गरे। घण्टाघरबाट निकालिएको र्‍याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।

IME
khanepani