मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राजविराज–भारदह सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका–१५ स्थित खाँडो खोला नजिक शुक्रबार दिउँसो तीन जना सवार अन टेस्ट मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा राजविराज नगरपालिका–११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएका छन् भने २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार भएको काफ्लेले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल चालकको यकिन हुन नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

४,भाद्र.२०७८,शुक्रबार १७:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्