बेनी-दरबाङको सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो

काठमाडौं । नेपाली कांग्रेसका संसद जिपछिरिङको फोटोमा जनताले कालो मोसो दलेर सडकमा टाँसेका छन । संसदको विकास समिति सदस्यसमेत रहेका जिपछिरिङ लामाको कम्पनी देशैभरि समयमा काम नसक्नेको रुपमा बदनाम छ ।

‘यस्तै भएको छ, म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक मात्र खोलेर लामा बद्मासी गरेका छन । उहाँका जनता बाटोको कारण ४-५ गाउँका ५० औं घरपरिवार पानी पर्दा निदाउन सक्दैनन्,’ बेनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाले भने, ‘डोजरले बाटो बिस्तार गर्ने भनेर खन्दै/खन्दै गयो तर बनाउँदै बनाएन ।’

कालोपत्रेका लागि भन्दै भत्काइएको पाखो त्यसै छोड्दा सडक आसपासका बस्तीमा पहिराको जोखिम बढेको उनको भनाइ छ । सडक साँघुरो, ग्रेड नमिलेको नालीसमेत नहुँदा सडकबाट भल बस्तीमा आउने गरेको स्थानीय निमा शर्माको भनाइ छ ।

हिउँदमा काम गरेजस्तो गर्ने तर बर्खामा सडकबाटै खोलो बस्ने, त्यसैले पहिरो खसाल्ने र आधा घन्टाको बाटो पनि ५ घन्टा लगाएर हिँड्नुपर्ने परिस्थिति ठेकेदार कम्पनीले सिर्जना गरेको उनले बताए । ‘सडकलाई क्रोनिकमात्रै बनाउने र त्यसबाट जोखिमबाट निम्त्याउने हो भने माननीय ठेकेदारसँगको सम्झौता रद्ध गर्नुपर्यो, कि कारबाही गर्नुपर्यो,’ स्थानीय हरि मगरले बताए ।

बेनी-दरबाङमा मात्र होइन, जिपछिरिङको कम्पनीले लिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको अवस्था पनि उस्तै छ । उनको कम्पनिले नयाँपुल(मालढुंगा २४ किलोमिटर ठेक्का पाएको छ । २०७३ मा ठेक्कामा गएको सडक अहिलेसम्म सकिइसक्नुपर्ने थियो । ८० प्रतिशत सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गका इन्जिनियर उज्ज्वल शर्माका अनुसार कोभिड र पछिल्लो समयको पहिरोका कारण ढिला भएको बताए ।

तस्वीर ः सामाजिक सञ्जाल

६,भाद्र.२०७८,आईतवार १४:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्