काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

सबैतिर गठबन्धनको बहुमत पुग्यो, काम गर्न समस्या छैन : माधव नेपाल

4.6K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताए ।
‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उनले भने, ‘राष्ट्रियसभामा माओवादीको १३, कांग्रेसको ७, हाम्रो ७ जना छन् । एक स्वतन्त्र र एक मनोनित छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

उनले प्रदेशहरुमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन पनि निर्देशन दिएका छन् ।

khanepani