प्रदेश १ का १० एमाले सांसदले रोजे नेकपा एस, सनाखतका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् ।

आफूहरू १० जना नेकपा एसको पक्षमा उभिएको र अहिले आयोगमा जान लागेको खोटाङबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य राजन राईले बताए ।

प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।

नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरु यस प्रकार छन् ।

राजेन्द्र राई
राजन राई
पदमकुमारी गुरुङ
सरिता थापा
सुनिता चौधरी
उपेन्द्र घिमिरे
कृष्णकुमारी राई
गणेश काङवाङ
खिनु लङ्वा लिम्बु
सावित्री रेग्मी

१६,भाद्र.२०७८,बुधबार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्