एउटा भनाइ छ “पिक योर अडियन्स”

बिहान एनआरएनए अष्ट्रेलिया अवार्ड सम्बन्धी एउटा बिचार लेखेको थिएँ। त्यसपछि म काममा गएँ। एउटा श्रमजीवीको दिनचर्या न हो, दिन भर ब्यस्त रहे। अहिले फेसबुक Scroll गर्दै थिएँ मेरो बिचार माथि थुप्रै प्रतिकृया आएका रहेछन। त्यो भन्दा नि बढी मेसेन्जरमा मेसेज र केहि मिस कलहरु पनि आएका रहेछन। उहाहरु मेरो कुरा सङ सहमत हुनुहुन्छ रे तर सार्वजनिक रुपमा बोल्नु हुन्न रे, मेसेन्जरमा मात्रै भन्ने रे !!

एउटा भनाइ छ “पिक योर अडियन्स” । आज मलाई ठ्याक्कै तेही महसुस भयो। मेरो बिनम्रताका साथ अनुरोध! यदी सकारात्मक सुझाबलाई कुनै पुर्बाग्रहि चस्मा बिना हेर्न सक्नुहुन्न भने कृपया कि एनआरएनए छोड्नुस् कि स्वास्थ्य परामर्श लिन जानुस्। सस्थालाई केन्द्रबिन्दुमा राखेर गरिएका यस्ता बहसहरुले हामि सबैलाइ जिम्मेवार, समाज सेवालाई अरु परिस्कृत र निस्वार्थ बनाउन मद्दत गर्दछ भन्ने मेरो बुझाइ हो । यसमा सहमत हुने, तितो सत्यसंग सामनागर्ने र सम्बोधन गर्न सक्ने अहिले अग्रपंक्तिमा देखिएका धेरै एनआरएनए अभियन्ताहरुको क्षमता भित्र पर्दैन, माफ गर्नुस यो नै यथार्थ हो ।

मैले आजसम्म आफुले नबुझेको बिषयका बारेमा फेसबूकमा बिद्द्वता छाटेको छैन। मैले बिहान उठाएका प्रसङ्गहरु भोगाई, देखाई र अनुभवका आधारमा सचेतना र खबरदारीका लागि पस्केका हुन् । बिगतमा भएका र आगतमा नहोश भनेर खबरदारी गरेकी हुँ । एनआरएनएले प्रदान गर्ने अवार्ड र अवार्ड कमिटी प्रति मेरो आस्था घटेको होइन, राम्रो काम गरोस भन्ने अपेक्षा बढेको हो। किनकि एनआरएनएले गर्ने हरेक गतिबिधिहरु हामि सबैको प्रतिष्ठासंग जोडिएको छ । विश्वाश छ सेलेक्सन कमिटिमा बस्ने सबै न्यायमूर्तिहरुले सबै BOX हरुमा Tick लगाएर मात्र निर्णय गर्नुहुने छ ।

प्रबासमा हाम्रो उपस्थिती बाक्लिदै गर्दा एनआरएनएको भूमिका झन गहन र महत्वपूर्ण हुने कुरामा दुइमत छैन। मलाई विश्वाश छ नेपाली समुदायलाई बहुसांस्कृतिक अष्ट्रेलियन समाजको मूलधारमा जोड्न एनआरएनएले सेतुको काम गर्नेछ। हाम्रा समाजमा भएका थुप्रै समस्याहरुको समाधान गर्न पनि हामी सरकार समक्ष जानु पर्ने हुन्छ। किनकी उनिहरुले ति समस्या समाधानका लागि चाहिने संरचना निर्माण गरिसकेका छन र एनआरएनएको काम त्यसमा एउटा सेतुको भूमिका निर्वाह गर्ने हो ।

फेरी दोहोराउदैछु कि मैले सस्थाको बिरोध गरेको हैन तर यहाँ कसैले बिषयको गम्भियर्तालाई हल्का ढंगबाट बुझेर सतही मूल्यांकन गर्नु हुन्छ भने त्यसको जिम्मेवारी लिन म असमर्थ छु ।

१६,भाद्र.२०७८,बुधबार १३:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्