काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाएका छन् ।
सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उनले यो लोकतन्त्रकै उपहास भएको बताएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ ।’
उनले अघि भनेका छन्, महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’
प्रतिक्रिया दिनुहोस्