प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदले थाले नाराबाजी

काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् । गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् ।

प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहोस  ओलीजीले भन्नु भएको छ,'औपचारिक बैठक राखे, त्यो नै फुट घोषणाको बिन्दु हुनेछ: प्रचण्ड
२७,भाद्र.२०७८,आईतवार १३:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: