बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजना मृत्यु

बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् ।

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भएपनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने र उनको मानसिक सन्तुलन ठिक नभएको एसपी अधिकारीले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए ।

यो पनि पढ्नुहोस  महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागको आग्रह
२८,भाद्र.२०७८,सोमबार १७:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: