काठमाडौं । गरे के हुन्न र ? इच्छा भए पहाड फोर्न सकिन्छ, समुन्द्र थुन्न सकिन्छ ? मानिस चन्द्रमा पुगे । यस्तै एउटा उदाहरण बनेको छ नेपाल सरकारको एउटा सस्थान । संस्थान अब चल्नै सक्दैन भनेर उपत्यकाबाट सस्थानको अस्तीत्व समाप्त भयो । अन्य केहि ठाउँमा पनि नगरपालिकाले बोर्ड बनाएर संस्थान हटाउने काम भयो । संस्थान दुब्लाउदै र पातलीदै गयो । सरकारी ऋण र अनुदानका भरमा संस्थान चल्ने भयो । विश्व बैक, एशियाली विकास बैक जस्ता विश्वका धनी बैकहरुले सस्थानलाई ऋण अनुदान नदिने भए । संस्थान संस्थान भएन । सरकारमा रहेकाहरुको आफ्ना कार्यकर्ता भर्ना गर्ने एउटा कारखान जस्तो हुदै गयो । तर, अहिले यो संस्थामा विदेशि लगानीमा दुई बटा शाखामा खानेपानीको सुधार गरि गुणस्तरीय पानी वितरण भइरहेको छ ।
कर्मचारीहरु पिडित हुदै गए । काम गर्न सबै डराउन थाले । काम गर्नेलाई अख्तियारको डर हुर्दै गयो । सरकारले सुधार गर्ने केहि प्रयास गरेको थिया, त्यो पनि सफल हुन सकेन । यसै गरि संस्थान चल्दै गर्दा संस्थानकै एक प्राविधिक कर्मचारी यस संस्थानको महाप्रबन्धकमा नियुक्ती भए । अब संस्थानले क्रमश आफ्नो पहिलाको स्वरुप फेदै अगाडि बढ्न कोशिस गरो ।
यो सस्थालाई अगाडि बढउन ड्राइभर थिए, महाप्रबन्धक भुपेन्द्र प्रसाद । डुबेर थिलथिलो भएको संस्था थियो, नेपाल खानेपानी संस्थान ।
संस्थानकै इन्जिनियर भएर लामो समय काम गरेका भुपेन्द्रलाई संस्थामा भएका कमि कमजोरी राम्रोसँग थाहा थियो । तर, उनी त्यो कमि कमजोरी सुधार गर्ने पदमा थिएन । उनी लाए अराएको काम गर्ने कर्मचारी थिए । जब संस्थालाई उनको आवश्यकता परो उनी अगाडि सरे ।
ठिक चार बर्ष अगाडि भुपेन्द्र प्रसाद नेपाल खानेपानी संस्थानको महाप्रबन्धक भएका हुन । उनी महाप्रबन्धक भएपछि पनि ठुला ठुला बाधा र ब्यवधान भने नआएका होइनन । संस्थानमा भएका कामका बारेमा अख्तियारमा उजुरी परे, सरकारले उनलाई पदबाट हटायो । तर, पनि उनी निरन्तर सस्थाको उन्नती र कर्मचारीहरुको हितमा लागि नै रहे ।
उनकै अथक प्रयासका कारण नेपाल खानेपानी संस्थानकै पानी पिउने व्यवस्था मिलाउन करिब २५ बटा नगरपालिकाहरुले खानेपानी मन्त्रालयमा निवेदन हालेका छन । हिजो संस्थानको पानी चहिदैन भन्ने नगरवासीहरु आज किन संस्थानकै पानीमा हुरुक्क भएका छन ।
संस्थान हटेका नगरहरुमा जनतालाई पिउने पानीको व्यवस्थापन धेरै कमजोर भएका समयमा नेपाल खानेपानी संस्थानको क्रेज बढ्नुमा महाप्रबन्धक भुपेन्द प्रसादको दिनरातको मेहनतको प्रतिफल भन्छन कर्मचारीहरु ।
लामो समय देखि कर्मचारीहरुको बृद्धि विकासमा लागेको विर्को भुपेन्द्र महाप्रबन्धक भएर आएको केहि समयमा नै खुलेको बताउने कर्मचारीहरुको संख्या धरै छन, संस्थानमा । २०६६ सालमा विज्ञापन भएर नतिजा प्रकाशित हुन सकेको थिएन । तर, भुपेन्द्र प्रसाद महाप्रबन्धक भएपछि कर्मचारीहरुको रोकिएको कामले गतिलिएको थियो । नयाँ कर्मचारीहरुको भर्ना र संस्थानका पुराना कर्मचारीहरुको बढुवा भयो ।
संस्थानका एक कर्मचारी भन्छन, “महाप्रबन्धक भुपेन्द्र नभएको भए सायद आजसम्म पनि संस्थानमा लेखा परिक्षण हुने थिएन होला ? विगत लामो समयदेखि रोकिएको अर्थात ६ बर्षको लेखा परिक्षरण पनि सम्पन्न भइसकेको छ ।”
महाप्रबन्धको पहलमा कर्मचारीहरुको दक्षताबृद्धि गर्न तालिम संचालन भइरहेका छन । जाइकासँग मिलनेर कर्मचारीहरुको दक्षता बृद्धि गर्न गराउन पनि तालिम गर्ने प्रक्रिया अगाडि बढी रहेको कुरा नेपाल खानेपानी संस्थानका एक शाखा प्रमुखले बताएका छन ।
संस्थान मतहतका शाखा कार्यालयहरुबाट पानीको सहज आपुर्ति गराउने र खानेपानीको सेबामा सुधार गरि गुणस्तरयुक्त पानी वितरण गराउन महाप्रबन्धले महत्पुर्ण योगदान गरेको कुरा कसै सामु नछिपेको बताउछन शाखाका कर्मचारीहरु ।
शाखाहरुबाट हप्तामा २४ सै घण्टा पानी जनताको घर घरमा वितरण गर्ने कामलाई पहिलो प्रार्थमिकता दिइएको छ । त्यसैगरि विदेशि दाताहरुको सहयोगमा पोखरा र विरटनगरमा खानेपानीको सुधारको काम भइरहेको छ । सधै नेपाल सरकारको ऋण अनुदानमा चल्दै आएको संस्थान यहि ०७७ । ०७८ देखि सरकारी ऋण तिर्न लागेको पनि मन्त्रालयले स्रोतले बताएको छ । गरे के हुदैन न र अहिले नगरे कहिले गर्ने, मैले नगरे कस्ले गर्ने भन्ने भनाईलाई नेपाल खानेपानी संस्थानका महाप्रबन्धकले सफल बनाएका छन । उनीलाई नेपाल खानेपानी संस्थानका सुधारका रुपमा सधै कर्मचारी, खनेपानी उपभोक्ताले संस्मण गरिहने छन ।
प्रतिक्रिया दिनुहोस्