एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा समूह सी मा रहेको विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिनै एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच हुनेछ ।

महिलातर्फको खेल भने मंगलबारदेखि सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ ४ र महिलातर्फ दुई समूहमा विधाजन गरिएको छ ।

विजेताले ४ लाख र उपविजेताले २ लाख पाउने छन् । यस्तै तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ ।

च्याम्पियनसिपको पुरुषतर्फ उत्कृष्ट ७ र महिलातर्फ उत्कृष्ट ५ टोलीले चैतमा आयोजना हुने एनभीए क्लब लिगमा स्थान बनाउने छन् ।

१०,आश्विन.२०७८,आईतवार १०:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्