सोमबार वर्षाका कारण स्थगित भएका दुई खेलको नयाँ मिति सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार वर्षाका कारण स्थगित भएका दुई खेलको नयाँ मिति तोकिएको छ ।

घोषित नयाँ मिति अनुसार अक्टोबर १ शुक्रबार बिहान काठमाडौं र विराटनगरबीच खेल हुनेछ । भने अक्टोबर २ बिहान भैरहवा र चितवन भिड्नेछन् ।

बाँकी खेलहरू अवरुद्ध नभए पूर्वनिर्धारित मितिमै हुनेछन् ।

आज १२:१५ मा तय गरिएको काठमाडौं र पोखरा राइनोजबीचको खेल पनि स्थगित हुने सम्भावना छ । वर्षाले मैदान ओसिले भएकाले खेल भइहाले पनि थोरै ओभरको हुन सक्नेछ आयोजकले बताएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबारका लागि निर्धारित काठमाडौं र विराटनगर वारियर्स साथै चितवन राइनोज र भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो ।

१२,आश्विन.२०७८,मंगलवार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्