काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

भक्तपुरको कमलपोखरीमा डुबेर एक बालकको मृत्यु

5.54K
shares
khanepani bord

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर बुधबार दिउँसो एकजना बालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घरभई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले पोखरीमा डुबेको देखेपछि बालकको उद्धार गरेका थिए । घटनाबारे जानकारी पाउने वित्तिकै खटेको प्रहरीको टोलीले बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गिरीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani