सुनको मूल्यमा लगातार गिरावट आज पनि सुन तोलामा २ सयले घट्यो

काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज पनि सुन तोलामा २ सय घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९ सय थियो ।

तेजावी सुन तोलाको ८८ हजार २५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको १ हजार १२० रूपैयाँ निर्धारण गरिएको छ ।

१४,आश्विन.२०७८,बिहीबार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्