एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ

बुटवल । एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

देवदह नगरपालिका एक २१ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खैरेनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता, बाँके जिल्लाको बैजानाथ गाउँपालिका–१ करेली बस्ने ५६ वर्षीया लालकली बुढाको करेली खोलाले बगाएर मृत्यु भएको छ । आफन्तकोमा गई घर फर्कने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

१७,आश्विन.२०७८,आईतवार १८:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्