काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

जाँच गर्ने क्रममा लागुऔषधसहित तीन जना पक्राउ

5.53K
shares
khanepani bord

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताए । पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई गत शनिबार नै पक्राउ गरेको भए पनि आज मात्रै सार्वजनिक छ । प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी–७ का जय चापागार्इं पक्राउ गरेको थियो ।

IME
khanepani