जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

वित्तिय माफिया सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ

5.14K
shares
khanepani bord

काठमाडौं । सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो।

ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ। तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए।

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो।उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिए। तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ।

‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन आजै दर्ता भएको हो,’ सिंहले भने।
३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ।

सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्। उनीविरूद्ध सहकारी विभागमा उजुरी परेको थियो।

‘विभागले सिआइबीलाई कारबाही गर्न पत्र पठाएपछि पक्राउ गरिएको हो,’ डिआइजी सिंहले भने।

khanepani