न्यूरोड क्षेत्रमा बजार अनुगमन, केही पसललाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा बजार अनुगमन गरेको छ ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाका अनुसार ती क्षेत्रका ७ वटाभन्दा धेरै पसलहरूमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा खरिदबिक्री बील नभेटिएका तीन पसलेलाई जरिवाना गरिएको साथै केहीलाई विभागमा हाजिर हुन भनिएको झाले जानकाी दिए ।

१९,आश्विन.२०७८,मंगलवार १७:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्