गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण, १ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७१६ जनामा गरिएको नमूना परीक्षणमा ९३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४१ महिला ५९ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ५७, स्याङ्जा १५, गोरखा ६, लमजुङ ६, तनहुँ ४ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ८१ पुगेको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७२ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ७६६ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

२०,आश्विन.२०७८,बुधबार १८:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्