महोत्तरीको जलेश्वर गाउँमा लुटेराको समूहले बन्दुक देखाइ लाखौं पर्ने गरगहना गरे लुटपाट
वि.सं.२०७८ असोज २१ बिहीवार १३:०९
shares

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका ९ फुल्हट्टा गाउँमा लुटेराको समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ ।
स्थानीय कैलाश सिंहको घरमा उनकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा बिहीबार बिहान ३ बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित पाँच लाख रुपैयाँ बढीको गरगहना लुटेर लगेको छ ।
घटना बिहान ३ बजे भएपनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजी गरिरहेको जनाइएको छ ।


























