धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

Ashish Gautam
ashish@nepalijanta.com

धनुषा । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी हुन् । धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनले यस विषयमा थप अनुसन्धान भईरहेको बताए ।

यो पनि पढ्नुहोस  ओलीले डाके महाधिवेशन आयोजक कमिटी बैठक, माधव पक्षका ११ जनालाई बोलाईएन बैठकमा
२३,आश्विन.२०७८,शनिबार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: