काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज प्रधानमन्त्री देउवाले साक्षर घोषणा गर्दै

5.16K
shares
khanepani bord

पोखरा । जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज घोषणा गरिँदै छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५–६०) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भइ विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औषत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा आज गण्डकी प्रदेशलाई घोषणा गर्न लागिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालिकालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आज साक्षर घोषणा गर्न लागिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न आज पोखरा आउँदै छन् । सबै जिल्ला साक्षर बनेको ४ वर्षपछि किन प्रदेशलाई घोषणा गर्न लागिएको हो त ? शिक्षामन्त्री श्रेष्ठ भन्छन्, ‘४ वर्षसम्म साक्षरता दर अझै बढाउन विभिन्न कार्यक्रम भइरहेका थिए । त्यही कार्यक्रममार्फत साक्षरतादर अहिले साक्षरता दर ९६.५७ पुगेको हो ।’

गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले साक्षर घोषणा गरिसकेकाले आज प्रदेशलाई घोषणा गर्न लागेको हो ।

पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ । प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे स्तम्भको अनावरण गर्नेछन् । त्यसपछि पोखरा सभागृहमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ । प्रधानमन्त्री देउवा आज पोखरै बस्ने कार्यक्रम छन् । साक्षर घोषणा कार्यक्रमपछि प्रधानमन्त्री देउवा राष्ट्र बैंक गेस्ट हाउसमा रहने छन् ।

दिउँसो ३ बजे पोखरा १७, ग्यालेक्सी बैंक्युटमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेटघाट हुने कार्यसूची छ ।

सोमबार बिहान प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने छन् । अंग्रेजी नयाँ वर्षबाट अन्तरिक उडान र वैशाखबाट अन्तराष्ट्रिय उडान भर्ने भनिएको विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ ।

पोखरा विमानस्थलबाट सेनाको हेलिकप्टरबाटै देउवा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि पुग्ने र सोही विमानस्थलबाटै काठमाडौं फर्किने कार्यसूची तयार भएको शिक्षामन्त्री मेषलाल श्रेष्ठले जानकारी दिए ।

IME
khanepani