
गोरखा । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । यसले मनकामना दर्शन गर्ने दशर्नार्थीहरु प्रभावित हुने भएका छन । मनकामना दर्शन गर्न आउने भक्तजनहरुले मोटरबाटो प्रयोग गर्नु पर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्