काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाललाई प्रधानमन्त्री देउवाको बधाई

5.77K
shares
khanepani bord

काठमाडौँ । इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

नेपालले बुधवार भएको खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो । खेलको आठौँ मिनेटमा १-० गोलले पछि परेको नेपाल ८८औँ मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काउन सफल भएको थियो ।

बराबरीसँगै नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै १३औँ संस्करणमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । सो सँगै प्रधानमन्त्री देउवाले ट्विट गर्दै बधाई दिएका हुन् ।

‘हार्दिक बधाई तथा शुभकामना,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक फाइनल पुगेको नेपालले आजै हुने भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्दै छ ।

IME
khanepani