काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

माल्दिभ्समा नेपाली फुटबलको दसैँ, ढाका टोपीमा सजिए अल्मुताइरी

5.82K
shares
khanepani bord

काठमाडौं । साफ च्याम्पियनसीपमा भाग लिन माल्दिभ्समा पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । टोलीका सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् ।

फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए ।

अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग शनिबार फाइनलमा भिड्दैछ ।

IME
khanepani