
काठमाडौं । साफ च्याम्पियनसीपमा भाग लिन माल्दिभ्समा पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । टोलीका सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् ।
फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए ।
अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग शनिबार फाइनलमा भिड्दैछ ।
प्रतिक्रिया दिनुहोस्