संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नेपाली जनता

सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तेह्रथुम लालीगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।

आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए।

ट्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो।

दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको उनले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

यो पनि पढ्नुहोस  भारतमा पछिल्लो २४ घण्टामा लगातार दोस्रो दिन दुई लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि
३१,आश्विन.२०७८,आईतवार १५:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: