काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट गरिँदै उद्धार

5.72K
shares
khanepani bord

महेन्द्रनगर । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन्।

महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबरसमेत आएका छन्।

गृहमन्त्री खाणले आज सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिएका छन्।

IME
khanepani