काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

6.2K
shares
khanepani bord

बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् ।

सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्यांक लिएर तत्काल राहत दिइने प्रवक्ता शर्माले बताए । ‘प्रदेशका अन्य जिल्लामा वर्षाले पु¥याएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको छ’ प्रवक्ता शर्माले भने, ‘तथ्यांक प्राप्त भएपछि सरकारले राहत घोषणा गर्छ ।’

डुबान र बाढीबाट मानवीय क्षति नभए पनि करोडौंको भौतिक नोक्सानी भएको प्रवक्ता शर्माले बताए ।

IME
khanepani