आज प्रतिनिधि सभाको बैठक बस्ने, के प्रधानन्यायधीशबारे महाअभियोग होला दर्ता ?

नेपाली जनता

काठमाडौं । मुलकको न्यायक्षेत्रमा संकट देखिएको अवस्थामा आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।

बिहीबार दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो।

आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ। साथै सर्वोच्च अदालतमा देखिएको न्यायीक संकटको बारेमा पनि संसदहरुले बैठकमा कुरा उठाउने भएका छन ।

यो पनि पढ्नुहोस  नेपालको अर्थतन्त्रमा धानको महत्व
११,कार्तिक.२०७८,बिहीबार ०८:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: