आज एमालेको स्थायी कमिटी बैठक , यी एजेन्डा छलफलमा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बोलाएको छ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।

वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल गर्न लागिएको हो।

एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ।

राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकालगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिए।

एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै राखेका कारण बैठक बस्न लागेको हो ।

११,कार्तिक.२०७८,बिहीबार ०८:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्