सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौं । झण्डै ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन प्रणाली बन्द गरिएको बताएको छ । विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ ।

जारी सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।’

विभागले ६ महिना देखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन मंगलबारदेखि खुलेको थियो ।

११,कार्तिक.२०७८,बिहीबार १५:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्