काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ

5.72K
shares
khanepani bord

मोरङ । विराटनगर महानगरपालिका १८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साह रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाएर ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

IME
khanepani