काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

प्रभु साहको प्रतिवद्धता,ओली जिउँदो हुँदासम्म निस्वार्थ साथ दिन्छु

5.16K
shares
khanepani bord

चितवन । एमाले नेता प्रभु साहले अध्यक्ष ओली जिउँदो हुँदासम्म आफूले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले भने, ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।

महाधिवेशनमा चितवनले आफ्नो तागत प्रस्तुत गर्नुपर्ने भन्दै चितवनका नागरिकले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई सजाय दिनुपर्ने बताएका छन् ।
उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वार्चनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे ।

कार्यक्रममा चितवनमा २६ वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार वीरेन्द्रमणि पौडेल एमाले प्रवेश गरेका छन्। उनी नारायण टुडेका प्रकाशक तथा सम्पादक हुन् । पौडेलले जनताको मन जित्ने काम एमालेले गरेकाले पार्टी प्रवेश गरेको बताए ।

IME
khanepani