दोस्रो सोसियल मिडिया फिल्म अवार्डस् आयोजना हुँदै

काठमाडौं । चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको छ ।

ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ यो दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ ।

यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्डस् भव्यताकासाथ सम्पन्न भएको थियो । अवार्डस्को दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएका सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् । अध्यक्ष प्रधानका अनुसार मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ ।

ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि. की अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा पनि प्रतिष्पर्धा हुने बताईन् ।

पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् ।

कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।

संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारीताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ ।

फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।

सहभागीताका लागि लागि सहभागिले अपनाउनुपर्ने नियम र विषयवस्तुबारे ‘सोसियल मिडिया फिल्म अवार्डस्’ को फोसबुक पेजमार्फत् जानकारी पनि राखिएको उनको भनाई छ ।

१८,कार्तिक.२०७८,बिहीबार १२:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्