
काठमाण्डौं । सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्ने न्यायाधीसका विरुद्धमा सांकेतीक देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ ।
काठमाण्डौंको एभरेष्ट होटेल अगाडी कानून व्यवसायी, कलाकार र केही नागरिक समाजका प्रतिनिधिहरुले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध सांकेतिक देउसी भैलो कार्यक्रम गरेका हुन् ।
कार्यक्रम जनताको न्यायलाइ बन्दी बनाउदै इजलास बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीस विरुद्ध सांकेतिक दवावको रुपमा रहेको थियो ।
कार्यक्रममा सहभागी अधिवक्ता भूमिनन्द चुँडालले न्यायालय बन्दी बनाउने न्यायाधीसलाई जनताको कठघरामा उभ्याउनु पर्ने प्रतिक्रिया दिनुभएको थियो । उहाँले इजलास बहिष्कार गर्ने न्यायाधिसहरूकाे इजलास नबसेको दिनको तलब कटौती गर्न समेत माग राख्नुभएको थियो। ।
कार्यक्रममा सहभागीहरुले ‘न्यायालयमा न्याय मर्नु हुँदैन, गरिव र निमुखा माथिको अन्याय हुने गरी न्यायालय वन्द गर्न पाइदैन, राज्यको प्रमुख अंगलाइ केही व्यक्तिकाे निजी स्वार्थमा थला पर्न दिइनु हुदैन जस्ता भाकाहरु प्रस्तुत गरेका थिए ।
सांकेतिक देउसी भैलो कार्यक्रममा कानून व्यवसायी, कलाकार र केही नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्