आन्दोलन फिर्ता लिन माग गर्दै बारलाई संविधान उपहार

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै बेन्च बहिष्कार गर्ने न्यायाधीश र वकिलहरूको आन्दोलनको विरोध गर्दै नेपाल बार एशोसियसनलाई नेपालको संविधान उपहार दिएर ध्यानाकर्षण गराइएको छ ।

कन्स्टिच्युसनल फोरम अफ नेपालले बारका पदाधिकारीलाई प्रतिकात्मक विरोधस्वरूप संविधान दिएको हो । बारलाई गराइएको ध्यानाकर्षणमा प्रधानन्यायाधीशको बहिर्गमन छुट्टै विधि र प्रक्रिया भएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिनुपर्ने, न्यायाधीशहरूलाई इजलास फर्कन बारको तर्फबाट आग्रह गर्नुपर्ने भनिएको छ ।

त्यस्तै कानून व्यवसायीलाई बहस पैरवी गर्ने वातावरण बनाइनुपर्ने, न्यायपालिकाको समस्या समाधानको लागि उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्ने, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न पहल गर्नुपर्ने माग राखिएको छ ।

२३,कार्तिक.२०७८,मंगलवार १४:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्