काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

4.84K
shares
khanepani bord

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी संगठनले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सत्तारुढ गठबन्धनमा समेत रहेका ती विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएर मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।

मूल्यवृद्धि फिर्ता नलिए भोलि २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरूले दिएका छन् ।

त्यस्तै कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने विद्यार्थी संगठनले जनाएका छन् ।

ज्ञापन पत्र बुझाउनेमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका देवेन्द्र कुँवर छन् ।

मूल्य समायोजनको बहानामा आयल निगमलगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएका वस्तुमा मूल्यवृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले खेद जनाएका छन् ।

IME
khanepani