काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

भारतको बिहारमा पत्रकारको अपहरणपछि हत्या

5.58K
shares
khanepani bord

एजेन्सी । भारतको बिहारमा एक पत्रकारको हपहरणपछि हत्या भएको छ।

नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा कलम चलाउँदै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झा (अविनास) को शव आधा जलेको अवस्थामा फेला परेको हो।

हत्याको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

२२ वर्षे पत्रकार झा मधुवनीको बेनीपट्टीबाट प्रकाशित हुने समाचारपोर्टल बीएनएन न्यूज बेनीपट्टीमा काम गर्थे। उनले लगातार रूपमा नर्सिङ होम र अस्पतालमा हुने गरेको भ्रष्टाचारबारे समाचार लेख्दै आएका थिए।

उनकै समाचारको प्रभावले बेनीपट्टीका चार नर्सिङ होमले केही महिना अगाडि ५०-५० हजार भारतीय रूपैयाँ जरीवानासमेत तिरेका थिए।

बुद्धिनाथका दाजु त्रिलोक झाका अनुसार पहिले उनले एक क्लिनिक सुरु गरेका थिए। तर स्थानीय नर्सिङ होम सञ्चालकले सताएपछि उनले क्लिनिक बन्द गरे। त्यसपछि उनले फर्जी नर्सिङ होमको अवैध धन्दा उजागर गर्न पछिल्लो २ वर्षयता पत्रकारिता सुरू गरेका थिए।

९ नोभेम्बरमा अपहरणमा परेको उनको शव हत्या गरेको अवस्थामा शुक्रबार फेला परेको थियो।

khanepani