युरोपेली युनियनद्वारा नेपाललाई ३२ अर्ब जलवायु सहायताको घोषणा

काठमाडौं । युरोपेली युनियनले नेपाललाई राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा गरेको प्रतिबद्धताअनुसार २४० मिलियन युरो (३२ अर्ब १३ करोड नेरु) अनुदान सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाल भ्रमणमा रहेकी युरोपेली युनियनकी एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाकी नायब प्रबन्ध निर्देशन पाओला पाम्पालोनीले सो घोषणा गरेकी हुन् ।

अर्थसचिव मधुकुमार मरासिनीले पनि युरोपेली युनियनले यसअघि गरेको प्रतिबद्धताअनुसार सो राशी बराबरको जलवायु लगानीको घोषणा गरेको जानकारी दिए ।

युरोपेली युनियनले यो रकम युरोपियन इनिसिएटिभ परियोजनामार्फत नेपालमा लगानी गर्ने भएको छ । नेपालले ग्लास्गोमा गरेका प्रतिबद्धतालाई युरोपेली सहायताले मद्दत पुग्ने अर्थसचिव मरासिनीले बताए ।

नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । बैठक सुरु हुने पूर्वसन्ध्यामा मंगलबार युरोपेली युनियनले सो घोषणा गरेको हो ।

८,मंसिर.२०७८,बुधबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्