मुलुकको समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित चाँडो गर्नुपर्ने बताएका छन् । कोरोनापछिको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौं आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।

एमसीसीका विषयमा आफ्नो कुनै स्वास्थ नरहेको भन्दै उनले मुलुकका लागि आवश्यक परियोजना भएको बताए ।

‘मलाइ त कतिपय साथीहरूले तेरो के स्वार्थ छ भनेर पनि सोधिराख्नु हुन्छ, मैले यसअघि पनि यो विषयमा बोल्दै आएको छु’ उनले भने, ‘यसमा मेरो केही स्वार्थ छैन, स्वार्थ छ भने मुलुकको आर्थिक समृद्धिको स्वार्थ छ।’

८,मंसिर.२०७८,बुधबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्