प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् ।

टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन मंसिर ५ गते टर्की प्रस्थान गरेका थिए ।

८,मंसिर.२०७८,बुधबार १६:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्