
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उनलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ ।
मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।
धबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । एक नेता भन्छन्, ‘यदि झण्डा जलाएको पुष्टि भयो भने केन्द्रीय सदस्यबाट हटाउने निर्णय कायमै रहन्छ, नभए जिम्मेवारीमा फर्कन्छन् ।’
प्रतिक्रिया दिनुहोस्