पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार 709 पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५16 पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७८, ललितपुरमा ७८, मोरङमा १९, चितवनमा १७, भक्तपुरमा १६, झापामा ११ र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९,मंसिर.२०७८,बिहीबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्