काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

4.6K
shares
khanepani bord

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

khanepani